Breaking NewsHeadlinePoliticsकूटनीति

गैरआवासीय नेपाली नागरिकताको नियमावली छिट्टै ल्याउने परराष्ट्रमन्त्रीको प्रतिवद्धता !

1 Mins read

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकताको नियमावली निर्माणका लागि परराष्ट्र, गृह र कानूनमन्त्रीबीच साझा सहमति भएर प्रक्रिया अघि बढेको बताउनुभएको छ । संविधान र ऐन आएको लामो समयसम्म राजनीतिक अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकताको नियमावली आउन ढिलाइ भएको स्वीकार्दै परराष्ट्र मन्त्री देउवाले छिट्टै सार्वजनिक गर्नेगरि तयारीमा रहेको बताउनुभएको हो ।

बेल्जियमको लुभेनमा बुधबार जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री देउवाले अहिले प्रदान गरिंदै आएको गैरआवासीय नेपाली नागरिकताले संविधान प्रदत्त अधिकार व्यवहारमा उपभोग गर्ने वातावरण बनाउनेगरि नियमावली बनाइएको जानकारि दिनुभयो । एनआरएनएका बारेमा सर्वोच्च अदालतबाट आएका दुई निर्णयहरू नै एक आपसमा नमिलेको भन्दै तेस्रो पक्षको उजुरीमाथिको निर्णय सरकारले कुरिरहेको समेत जानकारि गराउनुभयो ।

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट धारणा राख्न परराष्ट्रमन्त्री देउवा नेदरल्यान्ड्सको हेग आउनुभएको थियो । राष्ट्रसंघको न्यायिक निकायका रूपमा रहेको यो न्यायालयले समसामयिक विवादास्पद मुद्दाको निरूपण र खास विषयमा परामर्श गर्न कार्यतालिकामा सोमबार परराष्ट्रमन्त्री राणाले आफ्नो धारणा राख्नुहुनेछ ।

Related posts
Breaking NewsHeadlinePoliticsकूटनीति

ट्रम्पको प्रशासनद्वारा सिरियामाथिको प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाउने आदेश जारी

1 Mins read
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शुक्रबार सिरियामाथिको प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाउने आदेश जारी गरेको छ। यो कदम राष्ट्रपति ट्रम्पले यस महिना विनाशकारी…
Breaking Newsकूटनीति

टेक्सासको डालास र क्यालिफोनियाको सानफ्रान्सिक्कोमा महावाणिज्यदुतावास

1 Mins read
नेपाल सरकारले संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) मा नयाँ वाणिज्य दूतावास कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको छ । अमेरिकामा…
BusinessHeadlinePoliticsWorld

From an Ordinary Village Boy to a Global Youth Leader

2 Mins read
Diwakar Aryal is a distinguished graduate in Journalism and Mass Communication from Tribhuvan University and holds a Master’s Degree in Political Science…
Power your team with InHype

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *