BusinessHeadlinePolitics

हसिनालाई बंगलादेश फर्काउन भारतलाई कूटनीतिक नोट

1 Mins read

ढाका — बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । गत जुलाई र अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्केपछि ७७ वर्षीया हसिनाको १६ वर्ष लामो शासन अन्त्य भएको थियो । अगस्ट ५ यता हसिनाले भारतमा निर्वासित जीवन बिताइरहेका छिन् । 

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिना र उनको कार्यकालका विभिन्न मन्त्री, सल्लाहकार, सैन्य अधिकारीलाई ‘मानवता र नरसंहारविरुद्धको अपराध’ को मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ ।

‘हामीले भारत सरकारलाई एउटा कूटनीतिक सन्देश पठाएका छौं । बंगलादेशले हसिनालाई न्यायिक प्रक्रियाको लागि यहाँ फिर्ता गर्न चाहन्छ,’ विदेशमन्त्री तौहिद हुसेनले पत्रकारसँग भनेका छन् । यसअघि गृहमन्त्री जहाँगिर आलमले आफ्नो कार्यालयले अपदस्थ प्रधानमन्त्रीलाई भारतबाट सुपुर्दगी गर्न सहजीकरण गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको जनाएका थिए ।

‘हामीले उनको सुपुर्दगीका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएका छौं । अहिले प्रक्रिया चलिरहेको छ,’ उनले भनेका थिए । आलमले ढाका र नयाँदिल्लीबीचको सुपुर्दगी सन्धिअन्तर्गत हसिनालाई बंगलादेश फर्काउन सकिने बताए ।

अगस्ट ८ मा पदभार ग्रहण गरेका युनुसले हसिना सरकारविरुद्धको आन्दोलनका क्रममा विद्यार्थी र मजदुरसहित करिब १ हजार ५ सय जनाको ज्यान गएको र १९ हजार ९ सय ३१ जना घाइते भएको दाबी गरेका थिए ।

गत अक्टोबरमा कानुनमन्त्री आसिफ नजरुलले यदि भारतले सन्धिको कुनै प्रावधानलाई उद्धृत गरेर हसिनाको सुपुर्दगी अस्वीकार गर्न खोजेको खण्डमा बंगलादेशले कडा विरोध गर्ने जनाएका थिए ।

Related posts
BusinessHeadlinePoliticsWorld

From an Ordinary Village Boy to a Global Youth Leader

2 Mins read
Diwakar Aryal is a distinguished graduate in Journalism and Mass Communication from Tribhuvan University and holds a Master’s Degree in Political Science…
BusinessHeadlineMarketsPoliticsVideoWorld

दार्जिलिङमा जन्मियो अर्को दल, संयोजक अजय एडवर्डस् भन्छन् : गोर्खाल्यान्ड मुख्य मुद्दा हो

1 Mins read
सिलिगुडी — अजय एडवर्डस् मूलतः सामाजिक अभियन्ता हुन् । जब उनले २५ नोभेम्वर २०२१ दार्जिलिङमा ‘हाम्रो पार्टी’ नामक नयाँ दल जन्माए त्यसपछि उनले…
HeadlinePolitics

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव

1 Mins read
सोल — दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग…
Power your team with InHype

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *