HeadlinePolitics

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव

1 Mins read

सोल — दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । 

कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । ‘हानले आफूलाई कार्यवाहक राष्ट्रपति नभई विद्रोही भएको देखाएका छन्,’ पार्टीका संसदीय दलका नेता पार्क चान-डेले भने ।

हानले डिसेम्बर ३ मा राष्ट्रपति युनलाई सैनिक कानुन लागू गर्नका लागि सहयोग गरेको पनि विपक्षीको आरोप छ । यसअघि हानले राष्ट्रपतिको कदम रोक्न असफल भएकोमा माफी मागेका थिए । सैनिक कानून घोषणा गरेको कोरियाली संसद्ले डिसेम्बर १४ मा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । तर उनी पदमुक्त हुन भने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

संवैधानिक अदालतमा हाल ३ सदस्य रिक्त छन् । कार्यवाहक राष्ट्रपति हानले ९ सदस्यीय संवैधानिक अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका हुन् । तीन न्यायाधीशको औपचारिक नियुक्ति अस्वीकार गर्नुको अर्थ हान राष्ट्रपतिका रूपमा कार्य गर्न योग्य नभएको विपक्षीहरूको भनाइ छ ।

Related posts
BusinessHeadlinePoliticsWorld

From an Ordinary Village Boy to a Global Youth Leader

2 Mins read
Diwakar Aryal is a distinguished graduate in Journalism and Mass Communication from Tribhuvan University and holds a Master’s Degree in Political Science…
BusinessHeadlineMarketsPoliticsVideoWorld

दार्जिलिङमा जन्मियो अर्को दल, संयोजक अजय एडवर्डस् भन्छन् : गोर्खाल्यान्ड मुख्य मुद्दा हो

1 Mins read
सिलिगुडी — अजय एडवर्डस् मूलतः सामाजिक अभियन्ता हुन् । जब उनले २५ नोभेम्वर २०२१ दार्जिलिङमा ‘हाम्रो पार्टी’ नामक नयाँ दल जन्माए त्यसपछि उनले…
BusinessHeadlinePolitics

हसिनालाई बंगलादेश फर्काउन भारतलाई कूटनीतिक नोट

1 Mins read
ढाका — बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ । गत जुलाई र अगस्टमा विद्यार्थी नेतृत्वको…
Power your team with InHype

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *